लेस्टरको च्याम्पियस लिग खेल्ने सम्भावना बलियो

0
14

लेस्टर सिटी यूरोपा लिगका लागि छनोट भएको छ। दुई खेल बाँकी रहदा प्रिमियर लिगको शीर्ष चारमा रहेको उसको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि बलियो छ।

बिहीबार राति भएको खेलमा लेष्टरले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले गरेसँगै उसले यूरोपा लिगको छनोट पक्का गरेको हो।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन आयोजे परेज र डेमाराइ ग्रेले एक एक गोल गरेका थिए।

चौंथो स्थानको लेष्टरले ३६ खेलमा ६२ अंक जोडेको छ। लेष्टर तेस्रो स्थानको चेल्सीभन्दा १ अंकले पछि रहेको छ।

लेस्टरसँगै बराबरी अंक रहेको म्यानचेस्टर यूनाइटेड पाँचौं स्थानमा छ। ५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ ।

LEAVE A REPLY