
काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
लिग समाप्त भएको झन्डै साढे ३ महिनापछि एन्फाले आज प्राविधिक प्रतिवेदन तथ्यांकसहितको किताब सार्वजनिक गरेको हो ।
लिगका सम्पूर्ण तथ्यांक एन्फाको वेबसाइटमा उपलब्ध रहेको अवस्थामा एन्फाले भने यस कार्यलाई ‘ऐतिहासिक’ भनेर दावी गरेको छ ।
आज भिडियो कन्फरेन्समार्फ सार्वजनिक गरेको प्रतिवेदनले खेलाडीहरु घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ ।
उक्त किताबमा गत फागुनमा सम्पन्न लिगका क्लबको इतिहास, मेडिकल रिर्पोट, खेलाडी खेलेको खेल, गरेको गोल लगायतको तथ्याङ्क समेटिएको छ ।
लिगको उपाधि पहिलो पटक मछिन्द्र फुटबल क्लबले जितेको थियो ।