
केही दिनयता राष्ट्रव्यापी बनेको ‘महानायक’ विवादबारे अन्ततः अभिनेता राजेश हमालले पनि मुख खोलेका छन्।
उनले मंगलबार साँझ फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘कृपया सम्बन्धित व्यक्ति (दीपाश्री निरौला) लाई क्षमा गर्दिनुहोला।’
सुरुमा नायक हमालले कोरोना महामारीले विश्वकै परिस्थिति फरक भएको बताएका छन्। त्यसपछि कला क्षेत्रको प्रसंग ल्याउँदै भनेका छन्, ‘हामी कलाकार र दर्शकको नङ र मासुको सम्बन्ध हुन्छ।’
त्यसपछि उनले कलाकार दीपाश्री निराैलाकाे नाम नलिईकन उनलाई माफी दिन सम्बन्धित सबैमा आग्रह गरेका हुन्।