अभिनेता सुशान्तको आत्महत्याको खबर सुनेपछि विचलित भाउजुको निधन

0
60

एजेन्सी । बलिउड अभिनेता सुशान्तले आत्महत्या गरेको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र सुशान्तको मृत्युले गहिरो शोकमा डुबेकी थिइन् ।

LEAVE A REPLY