उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भए

0
125

कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ। शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए।

उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो।

राति करीब १२ बजे सर्पदंश भए पनि बिहान मात्र उपचारका लागि गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पुर्‍याउँदा बाटामै मृत्यु भएको थियो।

LEAVE A REPLY