काठमाडौं उपत्यकामा फेरी थपिए ६ जना कोरोना संक्रमित, ४४ पुग्यो संख्या

0
47

काठमाडौं । आज उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् ।

उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४४ पुगेको छ । जसमध्य काठमाडौंमा ३४ जनामध्य २४ जना निको भएका, ललितपुरमा ४ जनामध्य १ जना निको भएको र भक्तपुरमा ६ जनामध्य ४ जना निको भएका छन् ।

यसैगरी आज एकैदिन कोरोना संक्रमितको संख्या ६७१ थपिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा यतिठुलो संख्या संक्रमितको पहिलोपटक देखिएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ भने १ हजार १८६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्य २२ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY