कैलालीमा शुक्रबार संक्रमण पुष्टि भएका तीन जना पुरुषहरु भारत र नेपालकै अन्य ठाउँबाट आएको खुले

0
66

कैलालीमा शुक्रबार संक्रमण पुष्टि भएका तीन जना पुरुषहरु भारत र नेपालकै अन्य ठाउँबाट आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा कैलालीका १९, २३, र २९ वर्षीय पुरुषसहित थप २० जनामा कोरोना पुष्टि गरेको थियो।

कैलालीको जानकी गाउँपालिकाकास्थित क्वारेन्टिनमा रहेका वडानम्बर ४ को एकजना र वडानम्बर ७ को दुई जनालाई कोरोना संक्रमण देखिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार उनीहरु एकजना भारत, एकजना इटहरी र एकजना बाँकेबाट आएर क्वारेन्टिनमा बसेका थिए।

‘सबैलाई आए लगत्तै क्वारेन्टिनमा राखिएको थियो। अस्ती गरिएको परीक्षण रिपोर्ट आए आएपछि पोजिटिभ देखिएको हो,’ चौधरीले नेपालखबरसँग भने।

दुई दिनअघि १६ जनाको परीक्षणका लागि स्वाव परीक्षणका क्रममा उनीहरुबाहेक अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरुको अवस्था सामान्य भएको र धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको अध्यक्ष चौधरीले जनाए।

सुदूरपश्चिममा शुक्रबार नै डडेल्धुरा र बैतडीका एक पुरुषमा पनि संक्रमण भेटिएको थियो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ। यसअघि भेटिएका ५ जना भने निको भई घर फर्किसकेका छन्।

LEAVE A REPLY