कोपा इटालियाको उपाधिका लागि युभेन्टस् र नेपोली भिड्ने

0
34

कोपा इटालियाको उपाधिका लागि युभेन्ट्स र नेपोली भिड्ने भएका छन्। घरेलु मैदानमा भएको खेलमा इन्टरमिलानलाई १–१ बराबरीमा रोक्दै पाँच पटकको विजेता नेपोलीले युभेन्टस्सँगको भेट पक्का गरेको हो।

उपाधि भिडन्त बुधबार रोमको स्टाडियो ओलिम्पियोमा हुनेछ। यसअघि पहिलो सेमिफाइनलमा युभेन्ट्सले एसी मिलानलाइ पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

सेमिफाइनलको दोस्रो लेगमा इन्टरमिलानसँग बराबरी गर्दै समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। पहिलो लेगमा नेपोलीले इन्टरलाई १–० ले पराजित गरेको थियो।

इन्टरले खेलको दोस्रो मिनेटमा नै क्रिस्टियन इरिक्सन गोलमा अग्रता बनाए पनि जोगाउन नसक्दा उपाधि होडबाट वञ्चित भएको हो। खेलको ४१औं मिनेटमा ड्रिएज मेर्टिन्सले गोल फर्काएपछि नेपालीको उपाधि यात्रा पक्का बनेको थियो। मेर्टिन्स नेपोलीको लागि १ सय २२ औं गोल गरेका हुन्।

LEAVE A REPLY