कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स ९युएई० आइपुगे

0
46

कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स ९युएई० आइपुगेका छन् । उनीहरुलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो ।

यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई आइपुगेका हुन् ।

भारतमा एस्टर अस्पतालमा क्रिटिकल केएर विषयमा तालिमप्राप्त ती नर्सहरुलाई दुबईस्थित कोरोनाभाइरस उपचार केन्द्रहरुमा खटाइने छ ।

एस्टर डिएम हेल्थकेएरका संस्थापक अध्यक्ष डा आजाद मूपेनले नर्सहरुको परिचालनले दुबै मुलुकबीचको गहिरो र विश्वासिलो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको बताए।

दुबई सरकारले दुबई वल्र्ड ट्रेड सेन्टरमा सामान्य किसिमका बिरामीको उपचार गर्न तीन हजार शैयाको फिल्ड अस्पताल निर्माण गरेको छ ।

दुबई स्वास्थ्य प्राधिकरणका महानिर्देशक हुमेद अल कुतामीले कोरोनाभाइरससँग जुध्न दुबई सरकारले पर्याप्त तयारी गरेको बताए ।

LEAVE A REPLY