
कोरोनाभाइरसको संक्रमणका कारण चीनले कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ ।
चीनको जुहाई शहरमा यो प्रतिबन्ध मे १ देखि लागू हुने भएको छ ।
यसअघि हङ्गकङको निकट शहर शेन्जेनले पनि कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको थियो ।
यो निर्णयलाई पशु अधिकारकर्मीले स्वागत गरेका छन् । उनीहरुले कोरोनाभाइरस महामारीपछि चीनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाउने कुरामा आशावादी भएको बताएका छन् ।