8 C
Kathmandu
चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको...

चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४३१ जनाको मृत्यु भए

0
46

चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४३१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ४१ लाख ७२९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये १४ लाख ४१ हजार ४७५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ८० हजार ३७ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ३१ हजार ५८७ जना, इटालीमा ३० हजार ३९५ जना स्पेनमा २६ हजार ४७८, जर्मनीमा ७ हजार ५४९ जना र चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

।हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १३ लाख ४७ हजार ३०९ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा २ लाख ६२ हजार ७८३ जना, इटालीमा २ लाख १८ हजार २६८ जना, बेलायतमा २ लाख १५ हजार २६० जना, जर्मनीमा १ लाख ७१ हजार ३२४ जना र चीनमा ८२ हजार ९०१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, हालसम्ममा अमेरिकामा २ लाख ३८ हजार ७८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ७३ हजार १५७ जना, जर्मनीमा १ लाख ४३ हजार ३०० जना, इटालीमा १ लाख ३ हजार ३१ जना, चीनमा ७८ हजार १२० जना र फ्रान्समा ५६ हजार ३८ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

 

LEAVE A REPLY