जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरस पोजिटिभ देखिए

0
43

जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। डाइनामोले आफ्ना एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो।

यसअघि क्लबका अन्य २ खेलाडीलाई कोरोना भाइरस पोजिटिभ देखिएको थियो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा पठाएको क्लबले जनाएको छ।

टोलीका अन्य खेलाडीले भने शनिबारबाट प्रशिक्षण सुरु गर्नेछन्। कोरोना भाइरसको सक्रमणकै बीच जर्मनका शीर्ष डिभिजनका २ लिग सुचारु भइसकेका छन्।

LEAVE A REPLY