तर मेरा लागि मेस्सी विश्वकै उत्कृष्ट हुन्’ बेकहमले भने।

0
76

विश्वभरका फुटबल समर्थक अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने विवादमा होमिएका छन्।

इंगल्याण्डका पूर्व स्टार फुटबलर डेभिड बेकहमले पनि यस विषयमा आफ्नो भनाइ राखेका छन्।

बेकहमले रोनाल्डो र मेस्सीमा मेस्सी आफ्नो रोजाइमा पर्ने बताएका छन्।

रोनाल्डो र मेस्सीले एक दशक फुटबल जगतमा राज गरे। यसबीचमा मेस्सीले ६ बालुन डि’ओर जित्दा रोनाल्डोले पाँच बालुन डि’ओर हात पारे।

विश्वभर मेस्सी र रोनाल्डो उत्कृष्टताको चर्चा भइराख्दा बेकहमले भनेका छन्,‘मेस्सी आफ्नो स्तरका एकमात्र खेलाडी हुन्। उनीजस्ता अरु हुनु असम्भव छ।’

‘रोनाल्डो पनि मलाई असाध्यै मनपर्छ। मेस्सी र रोनाल्डोको आफ्नै शैली छन्। तर मेरा लागि मेस्सी विश्वकै उत्कृष्ट हुन्’ बेकहमले भने।

LEAVE A REPLY