थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

0
64

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १८ हजार ३७४ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज पर्साका ३१, झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीमा ८/८, सप्तरीका ७, कास्की र सुनसरीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, दाङ, नलवपरासी पुर्व र रुपन्देहीका ४/४, लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, वर्दिया, कालिकोटका २/२ तथा धनकुटा, धनुषा, बारा, उदयपुर, बाग्लुङ, तनहुँ, जाजरकोटका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा १९ हजार ४४४ जना छन् । ५ हजार ३८३ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए ।

डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ९७४ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ७०.४६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY