‘दैब कसम कोरोनाको’ भन्दै आईन् रन्जना दाहाल

0
43

काठमाडौंः गायिका रन्जना दाहालको आवाजमा सन्देशमुलक गीत ‘दैब कसम कोरोनाको’ म्युजिक भिडियो सार्बजनिक छ ।

स्वर तथा शब्द दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ ।

दाहालले समसामाहिक बिषय बस्तु तथा कोरोना भाइरसको बिरुद्ध मानव र मानवियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् ।

सञ्चारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाई महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देवी पन्तलाई फिचर्ड गरिएको छ ।

कोभिड–१९ ले गर्दा लाखौं नेपालीहरु भोक भोकै मर्ने अवस्था आएकोले गर्दा मानवसेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवाभावमा समर्पित भई एकजुट भएर अगाडि बढ्न गायिका दाहालले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन ।

LEAVE A REPLY