दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा

0
49

दैलेखः कोरोना भाइरसका बिरामी दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले दुवै नगर क्षेत्रमा आज साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

भारतबाट आउनेको संख्या र संक्रमित उत्तिकै बढेकाले निषेधाज्ञा नै जारी गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय दैलेखले नेपाल राजपत्रमा तोकिएको अत्यावशयक सेवाहरु औषधि पसल, खाद्यान्‍न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा बैंकिङ सेवा, आन्तरिक सुरक्षा खानेपानी, विद्युत् सेवा पेटोलियम पदार्थ दुवानी तथा वितरण, फोहोर मैला व्यावस्थापन बाहेकका अन्य सबै सेवा स्थलहरु अर्को आदेश नभएसम्मका लागि निषेध गर्ने निर्णय गरेको छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ ।

LEAVE A REPLY