नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छोड्न अदालतले आदेश

0
70

काठमाडौं । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ।

केही समयअघि छविकी जेठी पत्नी हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी गरेकी थिइन्। शिल्पालाई पक्राउ गर्न अदालतको बाटो खुलेसँगै जिल्ला शुक्रवार अदालतमा हाजिर भएकी थिइन्।

शुक्रवार नै थुन्छेक बहसपछि काठमाडौं जिल्ला अदालते साधारण तारेखमा रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुन दिन जिल्ला अदालतको आदेश दिएको थियो।

गत मंगलबार न्यायाधीशद्वय इश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पूर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको थियो।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरिम आदेशका साथै रिट निवेदन आज खारेज भएको छ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। सो पूर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो।

LEAVE A REPLY