नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४४४ जना पुगे

0
74

नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४४४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १५, सुनसरीमा १ र धनकुटामा १ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन् ।

मन्त्रालयले आज बिहान ६ः५० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् ।

। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन् ।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ४५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY