
नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ ।
पछिल्लो पटक काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।
काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।