
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
२ सय ८६ जना पुरुष र ३७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
शनिबार मात्रै कोरोना निको भएर ३२ जना घर फर्किदा निको हुनेको संख्या ३ सय ६५ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यसैगरी कुल संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।