पहिलो मलेसियन ओपन अन्तर्राष्ट्रिय च्यालेन्जमा सापकोटालाई स्वर्ण

0
66

प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इ–स्पोट्र्स च्यालेन्जमा मधुसुदन सापकोटाले स्वर्ण जितेका छन्।

तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए।

त्यस्तै प्रगति कुइँकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५–१७ वर्षमा रजत जिते। १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कास्य हात पारे। एनटीएबाट ८ खेलाडी सहभागी छन्। ३ खेलाडीको स्पर्धा हुन बाँकी छ।

प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडी सहभागी छन्। जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन्। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

LEAVE A REPLY