भदौ १ गतेदेखि लामो दूरीका सवारीसाधन, हवाई सेवा सञ्चालन नहुने

0
52

सरकारले यसअघि गरेको निर्णयबमाेजिम भदौ १ गतेदेखि लामो दूरीका सवारी साधन तथा हवाई सेवा सञ्चालन नहुने भएको छ।

आइतबार बसेको कोभिड-१९ निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमणकाे जोखिम झन् बढेकाले तत्कालका लागि सरकारले यसअघि सञ्‍चालन गर्ने भनिएका कुनै पनि सेवा अघि नबढाउने निष्कर्ष निकालेको हो।

यसअघि साउन ५ गते बसेकाे मन्त्रिपरिषद बैठकले चैत ११ गतेदेखिकाे लकडाउन हटाउँदै भदौ १ गतेबाट  आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, लामाे दूरीका सवारीसाधन, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना तथा शैक्षिक र अन्य परीक्षा सञ्‍चालन गर्ने निर्णय गरेको थियो।

तर काेराेना संक्रमण बढेकाले अहिलेलाई यी कुनै पनि सेवा सञ्चालन नगर्न सिफारिस गर्ने निर्णय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको सीसीएमसी बैठकले गरेकाे हाे।

यसकाे औपचारिक निर्णय भने सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा थप छलफल हुने एक मन्त्रीले जानकारी दिए।

LEAVE A REPLY