
भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ।
उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो।
स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अभिनेता अमिताभ बच्चनले पनि ट्विटमार्फत ऋषि कपुरकाे निधन भएकाे जानकारी दिँदै दु :ख व्यक्त गरेका छन्। उनले अंग्रेजीमा ट्विट गरेका छन्, ‘उनी गए.. ऋषि कपुर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु।’
T 3517 – He’s GONE .. ! Rishi Kapoor .. gone .. just passed away ..
I am destroyed !— Amitabh Bachchan (@SrBachchan) April 30, 2020
क्यान्सर भएपछि कपुर अमेरिकामा झन्डै १ वर्ष उपचार गराएर गत सेप्टेम्बरमा मुम्बई फर्किएका थिए।
टाइम्स अफ इन्डियाका अनुसार अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’ फिल्म सुटिङ गरेका थिए। तर स्वास्थ्यमा समस्या आएपछि बीचमै रोकिएको थियो।
उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।
बुधबार मात्रै बलिउडकै अर्का अभिनेता ५३ वर्षीय इरफान खानको निधन भएको थियो।