
भारतका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अनुसन्धानका लागि भारतीय प्रहरीले एकपछि अर्काे गरेर आरोपित व्यक्तिलाई पक्राउ गरिरहेको छ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तकै प्रबन्धक श्यामुअल मिरान्डालाई पक्राउ गरेलगत्तै फेरि अर्का एक शंकास्पद व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले नियन्त्रणमा लिएको हो।
बीबीसी हिन्दीका अनुसार ब्युरोको टोलीले सुशान्तका घरेलु सहायक दीपेश सावन्तलाई गिरफ्तार गरेको हो।
एनसीबीका डेपुटी डाइरेक्टर केपीएस मल्होत्राका अनुसार दीपेशले लागुऔषध खरिद एवं कारोबार गर्ने गरेको पाइएकाले उनलाई पक्राउ गरिएको हो।
एनसीबी दक्षिण-पश्चिमी डेपुटी डीजी मुथा अशोक जैनले पक्राउ गरिएका चारै जनालाई हिरासतमा राखिएको र रिया चक्रवर्तीलगायत अन्यलाई पनि अनुसन्धानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए।