भिडन्तका बेला आफ्नो नियन्त्रणमा रहेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले छाड्यो

0
77

सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा चीनको नियन्त्रणमा रहेका भारतका १० सैनिक रिहा भएका छन्।

सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ।

यसको अर्थ भिडन्तका क्रममा चिनियाँ सेनाले भारतका १० सैनिकलाई नियन्त्रणमा पनि राखेका रहेछन्।

त्यस रात भएकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए।

त्यसको तीन दिनमा चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको हाे। यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ।

त्यस क्रममा चीनतर्फ के कति क्षति भयाे भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएकाे छैन।

सीमामा झडप हुनुमा दुवै देशले एकअर्कालाई दाेष दिइरहेका छन्। चीनले भारतीय सेनाले सीमकाे वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएर झडप गरेकाे दाबी गरेकाे छ भने भारतले पनि चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ।

LEAVE A REPLY