
काठमाडौं । केही दिनयता सरकारको विरोधमा देशव्यापी प्रदर्शनरत युवाहरुको समूहले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
विगतका दिनमा सरकारविरोधी आक्रामक नारा हुने गरेकोमा आजको प्रदर्शनमा संशोधन प्रस्ताव ल्याएर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसाका व्यानर बोकिनुका साथै र नारा पनि लागेका थिए ।
उनीहरुले ‘लिपुलेक हाम्रो हो तर आरडीटी नराम्रो हो’ भन्ने आशयका ब्यानर पनि बोकेर माइतीघरमा आएका थिए । त्यस्तै
यसबाहेक अन्य दिनका जस्तै सरकारको विरोध गरिएका नारा अंकित प्लेकार्ड सहभागीले बोकेका थिए भने सडकमा भौतिक दूरी कायम गरेर प्रदर्शन गरिएको थियो ।