मोदी भन्छन्ः लद्दाखस्थित भारतीय भूमिमा आँखा लगाउनेले पाए कडा जवाफ

0
92

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखस्थित भारतीय भूमिमा आँखा लगाउनेहरुले कडा जवाफ पाएको बताएका छन्।

मन कि बात रेडियो कार्यक्रममा सम्बोधन गर्दै मोदीले आइतबार चीनको नाम नै नलिइ चिनियाँ सेनालाई भारतीय सेनाले कडा प्रतिकार गरेको संकेत गरेका हुन्।

‘भारतका साहसी सेनाले देशको मानमा आँच आउन दिएनन्’ बीबीसीहिन्दीका अनुसार मोदीले भनेका छन्,‘भारतले मित्रता निभाउन जान्दछ साथै आँखामा आँखा मिलाएर उचित जवाफ दिन पनि सक्छ। भारत आमाको गौरवमाथि कसैले आँच पुर्याउन सक्दैनन् भन्ने हाम्रा वीर सेनाले देखाइदिए।’

दुईहप्ता अगाडि भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएपछि मोदीको पछिल्लो भनाइ आएको हो।

उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु हुनुको साथै उनीहरुको ७६ सेना घाइते भएका थिए।

चिनियाँ पक्षले आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी नदिएपनि भारतले चीनको ४० भन्दा बढी सेना मारिएको दाबी गरेको छ। यस दाबीलाई चीनले भने अस्वीकार गरेको छ।

LEAVE A REPLY