यस्तो छ युरोपियन च्याम्पियन्स लिग क्वार्टर-फाइनलको ड्र

0
47

युरोपियन च्याम्पियन्स लिगको प्रि–क्वार्टर फाइनल राउण्ड समाप्त भएको छ।

युरोपका ८ बलिया क्लबहरु अब सेमिफाइनल प्रवेशका लागि एक आपसमा भिड्नेछन्।

तर यसपटकको क्वाटर फाइनलको एकै खेलले सेमिफाइनल जाने या नजाने तय गर्नेछ।

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपका कारण दोस्रो लेग खेलाउन नसकिने भएपछि एकै खेलबाट निर्णय गरिने भएको हो।

यस्तो छ ‘क्वार्टर फाइनल’ ड्र

१. एटलान्टा र पीएसजीबीचको खेल अगष्ट १३ तारिखमा हुनेछ।

२. आरबी लिपजिग र एथ्लेटिको मड्रिडबीचको खेल अगष्ट १४ तारिखमा हुनेछ।

३. बार्सिलोना र बार्यन म्युनिखबीचको खेल अगष्ट १५ तारिखमा हुनेछ।

४. म्यानचेस्टर सिटी र लियोनबीचको खेल अगष्ट १६ तारिखमा हुनेछ

LEAVE A REPLY