यूभेन्ट्सको रोमाञ्चक बराबरी

0
53

६ गोल भएको खेलमा ससुओलाेसँग ३-३ को रोमाञ्चक बराबरी खेल्दै इटालियन सिरि ए फुटबलमा यूभेन्ट्सले शीर्ष स्थानको अग्रता ७ अंकमा कायम राखेको छ।

१२ मिनेटभित्र यूभेन्ट्सले २-० को अग्रता लिएको खेलमा ससुओलोले पुनरागमन गर्दै ५४ मिनेटभित्र ३-२ को अग्रता हासिल गरेपछि खेल रोमाञ्चक बनेको थियो।

एलेक्स सिन्ड्राले ६४औं मिनेटमा बराबरी गोल फर्काएपछि यूभेन्टस हारबाट जोगियो। त्यसअघि छैटौ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाए। १२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए।

तर ससुओलोका फिलिप ज्यूरिकले २९ औं मिनेटमा गोल गर्दै अग्रता घटाए भने डोमनिको बर्दीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याए।

यतिमै ससुओलो रोकिएन त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले गोल गर्दै यूभेन्ट्सविरुद्ध ३–२ को अग्रता दिलाएका थिए।

एलेक्स सान्ड्राले ६४ औं मिनेटमा हेडमार्फत गोल गर्दै यूभेन्टसलाई हारबाट जोगाएका थिए।

शीर्ष स्थानको युभेन्ट्सको ७७ अंक छ। ससुओलो ४७ अंक सहित आठौं स्थानमा यथावत छ।

LEAVE A REPLY