
गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसँगै केही दिन अघि भिडियो सुटिङ गरेर हालै रिलिज गरिएको हो।
गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ। गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ। निमबाबु तामाङ र निशा पाख्रिनले अभिनय गरेको भिडियोका निर्देशक बिजय रुम्बा हुन्।
भिडियोमा गायक लामाको पनि अभिनय रहेको छ। भिडियोलाई निमबाबु तामाङ र निशा पाख्रिन मिलेर कोरियोग्राफी गरेका हुन्। मोडल तथा कोरियोग्राफर निमबाबु तामाङ कार्टुन क्रुका मेम्बर हुन्। ज्ञानेन्द्र शर्मा हुमागाँईले खिचेको भिडियोलाई अमृत चापागाँले सम्पादन गरेका हुन्।