रुकुम पश्चिमको घटनाका विषयमा जनार्दनले बोल्न थालेपछि संसदमा होहल्ला

0
77

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले रुकुम घटनाका विषयमा संसदमा बोल्न थालेपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका छन्।

मंगलबार रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटना विषयमा सांसद शर्माले बोल्दै कांग्रेस सांसदहरुले होहल्ला गरेका हुन्।

रुकुम पश्चिमका सांसद समेत रहेका शर्माले रुकुमको चौरजहारीमा दलित युवामाथि घटेको घटनाको विवरण दिएर वडाअध्यक्ष दोषी नभएको बताएपछि कांग्रेसका सांसदले उठेर प्रतिरोध गरेका थिए।

उनीहरुले घटनाको संसदीय समितिबाट छानवीन गर्न माग गरिरहँदा जनार्दन शर्मा बोलेको भन्दै विरोध गरेपछि शर्मा आक्राशित भएका हुन्।

कांग्रेस सांसदहरुले घटनाका विषयमा गृहमन्त्रीको जवाफ माग गरिरहेका बेला सभामुखसँग समय मागेर सांसद शर्माले बोल्न थालेपछि कांग्रेस सांसदहरुले आपत्ति जनाएका हुन्।

आफू सभामुखसँग समय मागेर बोल्ने बेला होहल्ला भएपछि सांसद शर्मा जंगिएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरुलाई बोल्न समय दिने भन्दै चुप बस्न आग्रह गरेका थिए।

‘मैले कुरा राख्न पाउँदिन? म त्यहाँको जनप्रतिनिधि हुँ, म त्यस क्षेत्रका दलित, सबैको जनप्रतिनिधि हुँ, मैले बोल्न नपाउने?’ झोक्किँदै शर्माले भनेृ, ‘मेरो क्षेत्रमा भएको घटनामा मैले बोल्न नपाउने? घटनाको छानबिन गर्नुपर्छ। यो घटनालाई राजनीतिकरण नगरियोस्, दोषीमाथि कारबाही गरियोस्।’

LEAVE A REPLY