लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रन मगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरे

0
59

काठमाडौंः लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रन मगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ । गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानको रहेको छ ।

द साइलेण्ट मंक ब्याण्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय रहेको छ । कर्मा ब्याण्डका गायक सुरेन्द्र मान सिंहले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । नन्दु मिश्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजीत रानाको निर्देशनमा तयार पारिएको हो ।

LEAVE A REPLY