विवादास्पद दुवै अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री केपि शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट

0
67

काठमाडौं । विवादास्पद दुवै अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री केपि शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । ओलीले आफ्नै कार्यकक्षमा बोलाएर कांग्रेस नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । ओलीले देउवासँग एक्लै झण्डै एक घण्टा भेटवार्ता गरेको बुझिएको छ ।

ओली र देउवाको भेटवार्ता पछि अहिले बालुवाटारमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अहिले ओली, प्रचण्ड र देउवाबीच सामुहिक छलफल जारी छ ।

भेटघाटको विषयमा नखुलाइएको भएपनि अध्यादेश फिर्तासँगै बदलिएको परिस्थितिबारे छलफल भईरहेको छ । सत्तारुढ पार्टीभित्र र बाहिर निकै आलोचना भएपछि गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुवै अध्यादेश (राजनीतिक दलसम्बन्धि र संवैधानिक परिषदसम्बन्धी) फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था थियो ।

अध्यादेश आएसँगै सत्ताकब्जाको अभ्यास हुन खोजेको भन्दै नेकपाभित्रै गम्भिर संशय पैदा भएको थियो । विपक्षी कांग्रेसलगायतका दलले तत्काल फिर्ता लिन माग गरेका थिए ।

कांग्रेसलगायतका विपक्षी दलहरुले प्रधानमन्त्रीले सत्तामा रहने वैधानिक हैसियत गुमाएको भन्दै राजीनामा दिन माग गरेका थिए

LEAVE A REPLY