वुमन्स च्यान्सम्पिय लिग (डब्लूसिएल)को क्रिकेटको उपाधि चितवन राइनोजले जिते

0
110

काठमाडौं । वुमन्स च्यान्सम्पिय लिग (डब्लूसिएल)को क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन राइनोज च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।

चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको थियो तर काठमाडौंले २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

LEAVE A REPLY