सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाए

0
62

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

यस्तै, सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको श्रेष्ठले बताए ।
। उनका अनुसार बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे आत्मआलोचना गरेका थिए ।

LEAVE A REPLY