
अहिले वर्षाका कारण देशभरजस्तै बाढी र पहिरोले जनधन क्षति गरिरहेको छ।
हरेक वर्ष यस्ता विपद् आउने भए पनि पछिल्लो समय विकासका नाममा जथाभावी डोजर चलाउँदा झनै बाढी, पहिरोको जोखिम पाइएको छ।
यसैलाई संकेत गरेर नुवाकोटे किसानले सन्देशमूलक असारे गीत- छपिरती गहिरो केलाई जान्थ्यो पहिरो डोजर धेरै लाउनाले’ बोलमा गाएका छन्। यसलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनि गरेको छ।