सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका नवनियुक्त महासचिव डा. भरतराज गौतमलाई मंगलबार पद तथा गोपनियताको शपथ गराए

0
62

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका नवनियुक्त महासचिव डा. भरतराज गौतमलाई मंगलबार पद तथा गोपनियताको शपथ गराएका छन्।

संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समिती सभापतिज्युको समेत उपस्थितीमा शपथ गराइएको संसद सचिवालयले जनाएको छ।

उनलाई प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्षद्वारा सोमबार सो पदका लागि सिफारिश गरिएको थियो। सोमबार नै राष्ट्रपतिद्वारा उनलाई सो पदमा नियुक्त गरिएको सूचना जारी भएको थियो।

शपथलगत्तै नवनियुक्त महासचिव गौतमले आफूले सबैसँग समन्वय र सहकार्यमा सचिवालयको काम गर्ने प्रतिबद्धता जनाएका थिए।

गौतमले मंगलबार नै सिंहदरवारस्थित कार्यालयमा पदबहाली गरिसकेका छन्।

LEAVE A REPLY