
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज क्रिस्टल प्यालेसविरुद्ध २-० को सहज जित हात पारेसँगै शीर्ष चारमा रहन लेस्टर र चेल्सीमाथि चुनौती पेस गरेको छ।
बिहीबार राति भएको खेलमा युनाइटेडको जितमा जित दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको ७८ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए।
जितसँगै युनाइटेडले ३६ खेलमा ६२ अंकसहित पाँचौं स्थानमा छ। त्यतिनै खेलबाट चौथो स्थानमा रहेको लेस्टरको पनि ६२ तथा तेस्रो स्थानमा रहेको चेल्सीको ६३ अंक छ।
पराजित क्रिस्टल भने ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ।