सिटीको सानदार जित

0
46

न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको म्यानचेस्टर सिटी इंङ्लिस प्रिमियर लिगमा पुनः जितको लयमा फर्किएको छ।

अघिल्लो खेलमा आइतबार साउथहप्टनसँग आश्चार्यजनक रुपमा पराजित भएको सिटीले न्युक्यासलमाथि सुरुवाती २० मिनेटमै दुई गोल गरेको हो।

खेलको १० औं मिनेटमा ग्याब्रिअल जिससले गोलबाट अग्रता लिएको सिटीको अग्रता अर्को दशमिनेट बित्दा रियाद मेहरजले दोब्बर पारेका थिए।

यस्तै ५८ औं मिनेटमा न्युकासलका फेडिरिको फर्नान्डेजको आत्महाती गोलसँगै सिटीले ३ गोलको अग्रता बनायो। ६५ मिनेटमा डेबिड सिल्भा र इञ्जुरी समयमा रहिम स्ट्रर्लिङले थप दुई गोल थपे।

जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ। सिटी लिगको दोस्रो स्थानमा रहेको छ। ४३ अंक जोडेको न्युकासल १३ औं स्थानमा रहेको छ।

LEAVE A REPLY