सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपसहित खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ

0
41

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज पुगेका राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसहित अन्य खेलाडी र अफिसियलको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

क्वारेन्टिनमा रहेका खेलाडी र अफिसियलसहित १ सय ६२ जनाकोे पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

सन्दीपसहित अन्य खेलाडी र अफिसियल १४ दिनका लागि एक होटलमा क्वारेन्टिनमा बसिरहेका छन्।

वेष्ट इण्डिज जानुअघि सन्दीपको नेपालमा पनि कोरोना परीक्षण गरिएको थियो। सो रिपोर्ट पनि नेगेटिभ आएको थियो। सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न गत बिहीबार ट्रिनिडाड एन्ड टोबागो गएका थिए।

गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई एक करोडभन्दा बढी रकममा जमैका तलावाजले अनुबन्ध गरेको थियो। सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट सीपीएल खेलेका थिए।

सीपीएल अगष्ट १८ बाट सुरु भए पनि सन्दीपको टोलीको खेल १९ तारिखबाट छ। सीपीएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ। जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ।

LEAVE A REPLY