सीमा समस्या समाधानका सन्दर्भमा तीनवटा महत्वपुर्ण सन्देश

0
62

काठमाडौं,३ मंसिर–प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै सीमा समस्या समाधानका सन्दर्भमा तीनवटा महत्वपुर्ण सन्देश दिनुभएको छ । भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि देशभर विरोध भइरहँदा प्रधानमन्त्री ओलीले सीमाका समस्या त्यसको समाधान र नेपालको राष्ट्रिय हितलाई जोडेर ती सन्देश दिनुभएको हो ।

पहिलो – प्रधानमन्त्री ओलीले भारत सरकारलाई सन् १९६२ देखी कालापानीमा राखिएका आफ्ना सैन्य क्याम्प फिर्ता लैजान आग्रह गनुभयो । सुगौली सन्धिपछि नेपाली राष्ट्रियताको संरक्षणका लागि कुनै प्रधानमन्त्रीले दिएको सम्भवत यो पहिलो साहशिक अभिव्यक्ति हो । सवैलाई थाहा छ, ७० बर्षदेखी भारतीय सेना नेपाली भूभागमा बस्र्र्दै आएका छन् । बेला–बेला यो मुद्धा राजनीतिक तहमा उठ्ने पनि गरयो तर कुनै कार्यकारी प्रमुखले खुल्ला रुपमा भारत सरकारलाई आफ्ना सेना फिर्ता लैजान गरेको यो पहिलो खुल्ला आग्रह र आह्वान हो । त्यसक्रममा उहाँले नेपालको कालापानी लिपुलेकलाई नेपालका भूभाग भएको भन्दै एक इन्च पनि नेपाली भूभाग कसैले अतिक्रमणगर्न नसक्ने र त्यो गरेको भए त्यसलाई सरकारले फिर्ता ल्याउने जुन उद्घोष गर्नुभयो त्यो उद्घोष मात्रै होइन प्रधानमन्त्रीले यसअघि देखाएको राष्ट्रियताको अडानको निरन्तरता हो । प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमले स्थान दिदै अहिलेसम्म कुनै नेपालको सरकार प्रमुखले उठाउन नसकेको मुद्धा ओलीले उठाएको र त्यसले भारतलाई समेत चुनौती दिएको उल्लेख गरेका छन् । कुनै –कुनै भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले रवाफ प्रर्दशन गरेको र भारतले समेत यो गम्भिर मुद्धामा ध्यान पुरयाउनुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति भारत सरकार बिरुद्ध अथवा कुनै अमुक देश विरुद्ध नभई नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा हो । हिजो भारतले लगाएको नाकाबन्दी बिरुद्ध नेपाली जनताको आत्मसम्मानको रक्षा गर्दै जसरी उहाँले अडान राख्नुभयो त्यसका बिरुद्ध सम्पुर्र्ण देशले उहाँलाई समर्थन गरयो त्यसरी नै कालापानी र लिपुलेकबाट भारतीय सैन्य क्याम्प हटनुपर्छ, हटाउनुपर्र्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाईपनि राष्ट्रले समर्थन गरेको छ । कसै–कसैले प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई नजरअन्दाज गदै ओलीको राष्ट्रियताको वास्तविक परिक्षण अहिले हुने भन्दै प्रतिसोध मुलकढंगले  तुरुन्तै भारतसँग लड्न पर्छ भन्ने आशयका टिप्पणी गरेका छन् । तिनको उदेश्य समस्या समाधान गराउनेतर्फ नभई थप समस्या पैदा गर्नेतर्फ केन्द्रित छन् । हिजो भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने र भारतको निर्देशन र सल्लाह बमोजिम संविधान जारी गर्न हुदैन भन्नेहरुले ओलीका राष्ट्रियताका अडान र तीनका कार्यान्वयनप्रति टिप्पणी गर्न समेत नैतिक रुपले ती योग्य छैनन् । प्रधानमन्त्रीले जसरी सार्वजनिक रुपमा नेपाली भूभाग नेपालमै फिर्ता ल्याउने र विदेशी सेना फिर्ता पठाउने उद्घोष गर्नुभएको छ, त्यस अनुसार उहाँ कार्यान्वयन तर्फपनि अघि बढनुहुनेछ ।

दोस्रो– भारतको उक्त नक्साका बिरुद्ध शान्तिपुर्ण विरोध स्वभाविक हो त्यस अनुरुप स्वयंम प्रधानमन्त्रीकै पार्टीका भातृसँगठनहरु अझ खास गरि विद्यार्थी संगठन समेत सड्कमा उत्रेर भारतको विस्तारवादी सोच बिरुद्ध विरोध प्रदर्शन गरयो । विद्यार्थी संगठनको नेतृत्वले नेपाली भूभाग फिर्ता गर, गो ब्याक इन्डिया भन्ने नारा सहित विरोध प्रदर्शन गर्नुलाईपनि अन्यथा ठान्नु हुदैन तर त्यस्तो शान्तिपुर्र्ण आन्दोलन भित्र घुसपैठ गरि भारतीय दूताबासमाथी आक्रमणगर्ने र उच्श्रृखल नाराहरु लगाउने जस्ता गतिविधिले अन्तराष्ट्रिय सीमा समस्याको समाधान गदैन त्यही बुझेर विद्यार्थी संगठनहरुले कुटनीतिक वार्ता मार्फत तत्काल समाधानको प्रकृया अघि बढाउन सरकारलाई आग्रह गदै आफ्ना सड्कका प्रदर्शनहरुको अन्त्य गरे जुन श्रराहनिय छ । प्रधानमन्त्री ओलीले युवाको सम्मेलनलाई सम्बोधन गर्दा ति शान्तिपुर्ण प्रदर्शनहरुमा भएका घुँसपैठ र छिटपुठरुपमा भारत बिरुद्धभएका अन्य कतिपय उच्छृखल र अराजक खालका गतिविधिको प्रसंग उल्लेख गदै त्यसतर्फ सरकार सचेत र सर्तक रहेको समेत बताउनुभयो त्यसको अर्थ प्रधानमन्त्री ओली सुधारिएको नेपाल भारत द्धिपक्षिय सम्बन्धमा दरार उत्पन्न गरि दुईदेशबीचको असमझदारी उत्पन्न गर्न खोज्ने निहित र स्वार्थी समुह बिरुद्ध उहाँका ति अभिव्यक्ति लक्षित छन् । हिजोपनि प्रधानमन्त्री ओलीले कुटनीतिक नेतृत्व लिई भारतको नाकाबन्दी बिरुद्ध लडनुभएको हो र अहिले पनि कुटनीतिक क्षमता प्रदर्शन गरेरै भारतसँगको सीमा समस्या समाधान गर्नुहुन्छ तर भारतसँगका हाम्रा थाती रहेका सीमा लगायतका समस्याहरु समाधान नहुन र समस्या अझै बढेर जाओस र द्धन्दमा रुपान्तरहोस भन्ने चाहनेहरु प्रधानमन्त्री ओलीको कुटनीतिक क्षमता प्रदर्शन हुन नपाओस भन्ने मौकाको खोजीमा छन् र त्यसतर्फ माहोल निमार्णगर्ने योजनाबद्ध प्रयासमा देखिन्छन् । त्यसतर्फ प्रधानमन्त्री सिंगो नेपाल कम्युनिष्ट पार्र्टी र राष्ट्रको हित चाहने नागरिकहरु सचेत छन् र एकिकृत पनि । प्रधानमन्त्रीले भारतसँगको सीमा समस्याको समाधान उच्च तहको राजनीतिक र कुटनीतिक संवादबाट मात्र समाधान हुने भन्दै त्यसका निम्ती आफुले प्रयास गर्ने जसरी बताउनुभएको छ त्यो एकमात्र समाधान हो । सीमा लगायत दु्ई देशबीचका समस्याको समाधान सड्क वा भीडले खोज्ने होइन । तीनको समाधान कुटनीतिक संवादमार्फत मात्रै हुने हो, त्यसतर्फ प्रधानमन्त्री अग्रसर हुनुहुन्छ र यसमा कसैले प्रश्न उठाउनुको अर्थ छैन । समाकालिन राजनीतिज्ञमा प्रधानमन्त्री ओलीजति नेपाल र नेपाली हरुको हितमा केन्द्रित भएको अन्य कुनै नेता हुनुहुन्न भन्ने यसअघि नै प्रमाणित भइसकेको छ ।

तेस्रो– स्वास्थ्यमा देखिएका समस्याहरुका बाबजुद जसरी प्रधानमन्त्री घरभित्रका समस्या छिमेकीहरुसँगका समस्या र नेपालको अन्तराष्ट्रिय छविलाई थप उच्च बनाउने कार्यमा जसरी निरन्तर लाग्नुभएको छ, यि प्रशंसा योग्य छन् । प्रधानमन्त्री ओलीले कार्यसम्पादन र मुल्यांकनकै आधारमा मन्त्रीपरिषदको र्पुनगठनदेखी लिइएका लक्ष्य कार्यक्रमका आधारमा परियोजनाहरुको निरन्तर अनुगमन र कार्यान्वयनमा जोड दिइरहनुभएको छ, ति कामहरु राष्ट्रको विकासप्रति चिन्तित भएरै अघि बढेका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यको वारेमा अनर्गल प्रचारगर्नेहरुले के बुझनुपर्छ भने त्यसले राष्ट्रियको विकासमा कुनै योगदान गर्दैन र गर्न चाहनेहरुलाइपनि निरुत्साहीत गर्दछ बरु प्रधानमन्त्री ओलीले अघि सारेका मेघा परियोजनाहरु, उहाँका सोच र कार्यक्रमलाई जति सक्दो छिटो अघि बढाउन सकियोस भन्नेतर्फ सहयोगी भूमिका निर्वाह गर्दा नै उचित हुन्छ । देशका निम्ती केही गर्नुपर्छ र त्यसको निश्चित आधार तयार भएपछि आउने राजनीतिज्ञ र पुस्ताहरुले समेत त्यसैलाई अघि बढाउन सक्छन भनेर नै रातदिन यो मेहनत गर्नुभएको हो । चाहे घरभित्रका समस्याहरु हुन अथवा छिमेकीहरुसँगका सम्बन्ध र अन्तराष्ट्रिय जगतमा नेपालको छवी उजिल्याउने मुद्धा हुन सबैको नेतृत्व उहाँले लिएपनि सम्पुर्र्ण राजनीतिक दल र सवैपक्षलाई  एक भएर नेपाल र नेपालीको पक्षमा उभिन उहाँले बारम्बार आहवान गर्नुभएको छ । नेपालका निम्ती प्रधानमन्त्री ओली राष्ट्रिय विकासको एउटा अवसरको रुपमा देखिनुभएको छ,जसलाई देशप्रति चिन्तित सवै नेपालीले अवसरकै रुपमा बुझनुपर्र्छ र ओलीको उक्त अभियानमा सहयोगी बन्नुपर्छ । यो भन्दा राष्ट्रिय विकासका निम्ती अहिले कुनै विकल्प नेपाली जनता समक्ष छैन । यो यथार्थलाई सबैले बुझनु नै उपयुक्त हुन्छ ।

LEAVE A REPLY