सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न प्रदेश २ सरकारको निर्देशन

0
41

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्युनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनीकरणलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारी बारे जानकारी लिदै मुख्यमन्त्री राउतले जोखिम न्युनीकरणका लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्नसमेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिए।

बैठकमा आर्थिक मामिला तथा कानून मन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति थियो।

LEAVE A REPLY