सुशान्तको अन्तिम फिल्मको यो ट्रेलर दोस्रो ट्रेन्डिङमा, १६ घण्टामै २ करोडभन्दा बढीले हेरे

0
41

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर रिलिज भएको १६ घण्टामै २ करोडभन्दा बढी दर्शकले हेरिसकेका छन्। यो अहिले दोस्रो ट्रेन्डिङ छ।

अभिनेता सिंहले आत्महत्या गरेपश्चात् उनको यो अन्तिम फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो।

करिब २ मिनेटको ट्रेलरमा सुशान्तका उत्कृष्ट डायलग छन्। फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका सञ्जना सांघीलाई खुसी पार्न हँसाउने प्रयास गरिरहेका छन्। (अन्तिममा भिडियो हेर्न सकिनेछ।)

ट्रेलरमा सुशान्तको पहिलो डायलग छ– ‘तिम्रो नाम कसले राख्यो किसी?’ सञ्जना भन्छिन्, ‘मेरो नाम किजी हो।’
…सञ्जना भन्छिन्, ‘तिमी सुरक्षित लाग्दैनौ, सिरियल किलरजस्तो देखिन्छौ।’ जवाफमा सुशान्त भन्छन्, ‘म सिरियल किलर, तिमी सिरियल किसर, खत्रा जोडी छ।’

सुशान्तको अर्को डायलग छ, ‘एउटा थियो राजा, अर्की थिइन्, रानी, दुवैको मृत्यु भयो, सकियो कहानी….तर यो कहानी अधुरो छ यसलाई ती राजा–रानीले पूरा गर्छन्।’

अर्को डायलगमा सुशान्त भन्छन्, ‘कहिले जन्मिने, कहिले मर्ने, त्यो हाम्रो हातमा छैन, तर कसरी बाँच्ने भनेर हामी निर्णय गर्न सक्छौं।’

यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुनेछ।

LEAVE A REPLY