१० करोड क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध भुवनले हाले मुद्दा

0
47

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार अभिनेता केसीले जिल्ला अदालत पुगरे साम्राज्ञीविरुद्ध गाली-बेइज्जतीको मुद्दा दर्ता गरेका हुन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले साम्राज्ञीविरुद्ध मुद्दा दायर भएको बताए। उनले केसीले गाली–बेइज्जती मुद्दामा १० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको बताए। ‘१० करोड क्षतिपूर्ति माग्दै अभिनेता भुवन केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएकाे छ।’

अभिनेत्री शाहले एक कार्यक्रमका लागि जापान पुगेको बेला अभिनेता केसीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।
साम्राज्ञीको आरोप गलत भएको र त्यसले आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेता केसीले यसअघि कलाकार संघमा उजुरी दिएका थिए।

LEAVE A REPLY