
उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरुबीच गोली हानाहान भएको छ ।
बीबीसीले जनाएअनुसार आज बिहान दुवै क्षेत्रबाट गोली हानाहान भएको थियो ।
दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो ।
त्यसपछि आफूहरुले चेतावनी दिएको र पछि गोली हानाहान सुरु भएको दक्षिण कोरियाले जनाएको छ ।
घटनामा कुनै हताहती वा क्षति नभएको बताइएको छ ।
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ
सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ ।