नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग


काठमाडौं । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग आएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’
उनले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए । ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन,’ उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE