सोमवार, मंसिर १२, २०७९
Monday, November 28, 2022

माधवकुमार नेपालले शेरबहादुर देउवा र  प्रचण्डले गरेको संघर्षलाई पनि बिर्सन नहुने बताए

  • 234
  •  
  •  
  •  
  •  
  •  
  •  
    234
    Shares

मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवा र  प्रचण्डले गरेको संघर्षलाई पनि बिर्सन नहुने बताएका छन्।

शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले उनले शेरबहादुर देउवा र  प्रचण्डले गरेको संघर्षलाई पनि बिर्सन नहुने बताएका हुन् । उनले भने, ‘ शेरबहादुर र  प्रचण्डले गरेको संघर्षलाई पनि बिर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’

नेपालले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताए । उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए ।

अध्यक्ष नेपालले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

2
0
Would love your thoughts, please comment.x
()
x