शनिबार, फाल्गुन १९, २०८०
Saturday, March 2, 2024

बागमती प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौंः बागमती प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिञ्चाईंमन्त्री नियुक्त गरेका थिए ।

अब प्रदेश सरकार ६ सदस्यीय भएको छ । अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x