शनिबार, फाल्गुन १९, २०८०
Saturday, March 2, 2024

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत नेपाल आज लाओससँग भिड्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत नेपाल आज लाओससँग भिड्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो।

फिफा वरीयतामा नेपाल १७५ औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६ औँ स्थानमा छ।

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो। जसमा नेपालले लाओसलाई समूह चरणमा २–० ले हराएको थियो भने फाइनलमा २–१ को जित हासिल गरेको थियो।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। यसपछि अर्को खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ। दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x