शनिबार, फाल्गुन १९, २०८०
Saturday, March 2, 2024

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5.4K
    Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धुर्व काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ ।

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट रु २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x